प्रभु बैंकको कामू सीईओमा निरज लम्साल

0 Shares

काठमाडौं । प्रभु बैंकको कामू प्रमुख कार्यकारी अधिकृत (सीईओ)को जिम्मेवारी निरज लम्साललाई दिइएको छ ।

आइतबार राति बसेको बैंकको सञ्चालक समितिको बैठकले उनलाई कामू सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र नायव प्रमुख कार्यकारी अधिकृत मणिराम पोख्रेललाई प्रहरीको अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेपछि लम्सालले कामूू सीईओको जिम्मेवारी पाएका हुन् ।

सूचना अधिकारी ढकालका अनुसार अनुसन्धान प्रक्रिया चलिरहे पनि बैंकको सेवा प्रवाहमा कुनै असर हुन नदिन कामू सीईओ चयन गरिएको हो । लम्सालले वरिष्ठताका आधारमा जिम्मेवारी पाएका हुन ।

सम्बन्धित समाचार