काठमाडौं । विवेकशील साझा पार्टीका नेता मिलन पाण्डेले पार्टी एकतामा नजाने घोषणा गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) र विवेकशील साझाबिच आइतबार दिउँसो २ बजेट एकता हुने निर्णय भएको छ । तर, विवेकशील साझामा लामो समय राजनीति गरेका पाण्डेले एकतामा नजाने निर्णय गरेका हुन ।
पाण्डेले सामाजिक फेसबुकमा आइतबार लेखेर विवेकशील साझा र रास्वपाको एकीकरणमा जुट्नुभएकोमा सबै साथीहरुलाई शुभकामना भन्दै एकीकरणमा नजाने बताएका छन् । अब केही महिना कुलिङ पिरियडमा बस्ने पाण्डेले बताए ।
‘विवेकशील साझा र रास्वपाको एकीकरणमा जुट्नुभएको सबै साथीहरूलाई शुभकामना छ। म यो एकीकरणमा सामेल छैन’ उनले भनेका छन्, ‘अब केही समय ९केही दिन वा केही महिना० ‘कुलिङ पिरियड’ लिन्छु। त्यसपछि नयाँ तरिकाले राजनीतिक यात्रा सुरु गर्नेछु।’ उनले आइबार देखि आफू र विवेकशील पार्टी दुबै स्वतन्त्र भएको उल्लेख गरेका छन् ।
पाण्डे यसअघि नेकपा एमाले नेता कृष्णगोपाल श्रेष्ठसँग २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा काठमाडौँबाट पराजित भएका थिए ।