बाँके राष्ट्रिय निकुन्जमा पर्यटक बढ्दा होटल तथा होमस्टेको व्यवसायमा सकारात्मक प्रभाव

0 Shares

बिजय परियार

नेपालगन्ज । बाँके राष्ट्रिय निकुञ्ज (BNP) मा पर्यटकहरूको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ। निकुञ्ज प्रशासनका अनुसार पछिल्लो समय निकुञ्ज अवलोकन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरूको आकर्षण ह्वात्तै बढेको छ।

बाघ, हात्ती, चित्तल लगायतका वन्यजन्तु र चराहरूको अवलोकन गर्न तथा प्राकृतिक सौन्दर्यको अनुभव लिन पर्यटकहरू निकुञ्ज प्रवेश गरिरहेका छन्।

खासगरी पाटे बाघको सहज उपस्थितिका कारण बाँके निकुञ्ज अन्तर्राष्ट्रियस्तरमा समेत चर्चामा छ। पर्यटकहरूको बढ्दो आगमनले स्थानीय होटल तथा होमस्टे व्यवसायमा सकारात्मक प्रभाव परेको छ, जसले गर्दा यस क्षेत्रको आर्थिक गतिविधिमा समेत वृद्धि भएको छ।

बढ्दो चापलाई मध्यनजर गर्दै निकुञ्ज प्रशासनले पर्यटकको सुरक्षा र वन्यजन्तुको संरक्षणमा थप कडाइ गरेको जानकारी दिएको छ।

निकुञ्जमा देखिएको यो उत्साहजनक वृद्धिले बाँकेलाई महत्वपूर्ण पर्यटकीय गन्तव्यको रूपमा स्थापित गर्न मद्दत पुर्‍याएको छ।

सम्बन्धित समाचार