0
Shares
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठक फेरि सरेको छ । पटक पटक सारिँदै आएको बैठक भोलि पनि नबस्ने भएको हो ।
भोलिका लागि तय भएको बैठक पुनः सरेको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका हुन् ।
उनका अनुसार अर्को बैठक १२ गते दिउँसो २ बजे बस्ने भएको छ । आज मात्रै विशेष महाधिवेशन पक्षको सम्मेलन गरी भोलिको लागि आफ्नो धारणा तय गरिएको थियो ।