काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल‘प्रचण्ड’ले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका युवा नेताहरु प्रवेश गराएका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबार प्रचण्डले खादामाला लगाएर युवा नेताहरुलाई प्रवेश गराएका हुन् ।
विप्लव नेतृत्वको नेकपाबाट दाङ जिल्ला सचिवालय सदस्य सुदर्शन सुनार, दीपेन्द्र ओली, गणतान्त्रिक खेलकुद महासंघका केन्द्रीय सदस्य विवेक कुमार विक, पार्टी जिल्ला सदस्य दिलिप ओली, प्रसाद गौतम हेमराज विक, कुमार चपाईलाई प्रवेश गराएका हुन् । पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक प्रचण्डले कम्युनिस्टहरुको केन्द्र नेकपा भएकाले सबै नेता कार्यकर्ता ढिलोचाढो आउने दाबी गरे । पार्टीका नेता नारायणकाजी श्रेष्ठ सहित नेताहरु सहित योङ कम्युनिस्ट लिग(वाइसिएल) अध्यक्ष पुष्प ओली लगायत पदाधिकारीहरुको सहभागीता रहेको थियो ।
मंगलबार प्रचण्डले अखिल नेपाल ट्रेड युनियन महासंघमा युवा नेताहरुलाई प्रवेश गराएका तिए । यस्तै संयोजक प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालले मुस्लिम समुदायका धार्मिक गुरुहरुलाई मौलाना लगायत ५० जना मुस्लिम नेताहरुलाई प्रवेश गराएका थिए ।