सालपा विकास बैंकलाई आईपीओको स्वीकृति

0 Shares

काठमाडौं। सालपा विकास बैंकले प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने भएको छ। नेपाल धितोपत्र बोर्डले सालपा विकास बैंकलाई आइपिओको स्वीकृति दिएको हो।

बोर्डले सालपालाई अंकिल मूल्य १०० रुपैयाँ दरका १७ लाख २३ हजार ८८० कित्ता आईपीओ जारी गर्ने अनुमति दिएको उल्लेख गरेको छ। बैंकको बिक्री प्रबन्धमा मुक्तिनाथ क्यापिटल रहेको छ।

सम्बन्धित समाचार