सिटिजन्स बैंकद्वारा सिटिजन्स जेनजी सेभिङ्ग अकाउन्ट सञ्चालन

0 Shares

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकहरुलाई उत्कृष्ट सेवा सुविधा उपलब्ध गराउने क्रममा नवयुवालक्षित बचत खाता ‘सिटिजन्स जेनजी सेभिङ्ग अकाउन्ट’ संचालनमा ल्याएको छ । आजदेखि लागू हुने गरी बैंकको कर्पोरेट कार्यालयमा आयोजित कार्यक्रमका माझ बैंकले नयाँ योजना ल्याएकाे हो ।

यस क्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले ‘सिटिजन्स जेनजी सेभिङ्ग अकाउन्ट’को प्रारम्भ गरेका थिए । सार्वजनिक गरिएको यस बचत खाताले विद्यार्थी, फ्रिलान्सर, क्रिएटर, उद्यमशील युवा तथा डिजिटल प्लेटफर्ममा सक्रियजन समुदायलाई उनीहरूको जीवनशैली अनुरूपको वित्तीय आवश्यकताको समाधान प्रदान गर्ने विश्वास लिएको छ ।

यस खाताका न्यूनतम एक सय रूपैयाँमा खाता सञ्चालन गर्न सकिनुका साथै वार्षिक ३.०२ प्रतिशत ब्याजदर प्रदान गरिने छ । युवाग्राहकको कारोवारलाई सहज बनाउन चेकबुक, डिम्याट खाता, सिआश्वा कमिशन तथा सिआश्वा रेजिष्ट्रेशन जस्ता महत्वपूर्ण सेवाहरू पहिलो वर्ष निःशुल्क उपलब्ध गराइने छ ।

डिजिटल सेवामा अझै बढी प्रोत्साहन दिन बैंकले एटीएम कार्ड, मोबाइल बैंकिङ, ई कम कार्ड र इन्टरनेट बैंकिङ गरी चारै सेवा एकै पटक लिएमा मात्र ५०० मा उपलब्ध हुने विशेष बन्डल्ड सुविधा समेत राखेको छ । यसले युवाग्राहकलाई न्यून लागतमा सम्पूर्ण डिजिटल सुविधको पहुँच प्रदान गर्ने विश्वास बैंकले लिएको छ ।

ग्राहकहरूले ट्राभल कार्ड इश्यू चार्जमा ५० प्रतिशत छुट र मोबाइल बैंकिङमा समर्पित जेनजी ड्यासबोर्डमार्फत व्यक्तिगत डिजिटल अनुभवको आनन्द लिने अवसर पाउने छ । यस बचत खाता प्रयोगकर्तालाई पहिलो मोबाइल टप–अपमा २५ प्रतिशत नगद फिर्ता प्राप्त हुनेछ ।

विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द इयर २०२४ को उपाधि प्राप्त गर्न सफल बैंकले यसअघि फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ ।

फ्रिलान्सरहरूलाई लक्षित गरी विशेष ‘फ्रिलान्सर सेविङ्ज अकाउन्ट’ नामक नयाँ बचत खाता सुरु गरेको छ । साथै नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एपमार्फत शेयर आवेदन सेवा लिन सकिने सुविधालगायत क्रस बैंक टेलर सुविधा रहेको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभर ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६९ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ४२ वटा शाखारहित बैंकिङ्ग इकाईबाट १९ लाख ५४ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

सम्बन्धित समाचार