कुमारी बैंक र बन्दिपुर केवलकारबीच सम्झौता, यी सुविधामा छुटको व्यवस्था

0 Shares

काठमाडौं । कुमारी बैंक लिमिटेड र बन्दिपुर केवलकार एण्ड टुरिजम लिमिटेडबीच सहकार्य हुने भएको छ । दुई संस्थाबीचको सहकार्यले बैंकका ग्राहकलाई बन्दिपुर केवलकारबाट सेवा लिँदा छुटको व्यवस्था गरिएको छ ।

सम्झौताबमोजिम केवलकारबाट प्रदान गर्दै आएका केवलकार टिकट, स्काई साइकिलिङ र जिपलाइन टिकट तथा डाइभइन रेष्ट्रोमा १३ प्रतिशतसम्म छुट दिने व्यवस्था गरिएको छ ।

सम्झौता पत्रमा बैंकका तर्फबाट गण्डकी प्रदेश प्रमुख सुदर्शन जंग राणा र केवलकारका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोमन मान श्रेष्ठले हस्ताक्षर गरेका थिए ।

विगत २४ वर्षदेखि निरन्तर बैंकिङ्ग सेवा दिँदै आएको कुमारी बैंकले देशभर रहेका ३०२ शाखा, ३१७ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ४८ शाखारहित बैंकिङ्ग इकाईमार्फत ग्राहक वर्गलाई सेवा दिँदै आएको छ ।

सम्बन्धित समाचार