सबैभन्दा बढी रेमिट्यान्स भित्र्याउने ३ बैंक र ३ रेमिट्यान्स कम्पनी सम्मानित

0 Shares

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सबैभन्दा बढी रेमिट्यान्स भित्र्याउने ३ बैंक र ३ कम्पनीलाइ सम्मानित गरेको छ ।

राष्ट्र बैंकको बार्षिकोत्सव पारेर ती बैंक तथा कम्पनीहरू सम्मानित भएका हुन् । सम्मानित भएका बैकहरूमा ग्लोबल आईएमई बैंक,हिमालयन बैंक र नेपाल एसबिआइ बैंक छन् ।

यसैगरी रेमिट्यान्स कम्पनीमा आइएमइ लिमिटेड,सिटि एक्सप्रेस र इसेवा मनि ट्रान्सफर रहेका छन् । भुक्तानी सेवा प्रदायकमा खल्ती र इसेवा पनि सम्मानित भएका छन् ।

सम्बन्धित समाचार