बाबुराम भट्टराई र जनार्दनसहित तीन समूह एकता हुँदै

0 Shares

काठमाडौं । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियान र सन्तोष परियारले आज पार्टी एकता गर्ने भएका छन् ।

बृहत् एकता घोषणासभाको सम्पूर्ण तयारी पूरा भएको नेसपा (नयाँ शक्ति)ले जनाएको छ । राष्ट्रिय सभागृह काठमाडौं हुने कार्यक्रममा तीन घटकबीच एकता हुने भएको हो ।

नयाँ शक्तिले विवेकशील साझा, नागरिक उन्मुक्ति पार्टी नेपाल, जेनजीका विभिन्न समूहसँग एकताका लागि छलफल जारी राखेको छ ।

यी तीन पार्टी एकतापछि क्रमशः विप्लव नेतृत्वको नेकपा र घनश्याम भुसाल नेतृत्वको पुनर्निमाण नेकपा एकीकृत समाजवादीबीच एकता हुने एक नेताले जानकारी दिए ।

सम्बन्धित समाचार