0
Shares
जनकपुरधाम । मधेश प्रदेशसभाका सभामुख रामचन्द्र मण्डल पदमुक्त भएका छन् ।
बुधबार बसेको मधेस प्रदेश प्रदेशसभा बैठकमा सभामुख मण्डलविरुद्ध दर्ता भएको पदअनुसार आचरण नगरेको प्रस्ताव दुई तिहाइले पारित भएसँगै मण्डल पदमुक्त भएका हुन् ।
अविश्वासको प्रस्तावको पक्षमा ७६ मत परेको छ भने विपक्षमा शून्य मत पर्यो । दुई तिहाइ बहुमत सदस्यले प्रस्तावको पक्षमा मतदान गरेसँगै मण्डल पदमुक्त भएका छन् ।
मण्डल एमालेबाट प्रदेशसभा सदस्य निर्वाचित भएका हुन् ।