आयोगमा दर्ता दलका नेतासँग छलफल गर्दै प्रधानमन्त्री

0 Shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगमा दर्ता भएका दलका नेतासँग छलफल गर्ने भएकी छन् ।

बुधबार अपराह्न ४ बजे हुने छलफल प्रधानमन्त्री कार्यालय सिंहदरबारमा हुने छ । बैठकमा सहभागी हुनका लागि दलका नेताहरुलाई निम्ता गरिएको छ ।

आगामी फागुन २१ को चुनावका लागि दलहरू दर्ताको प्रक्रिया चलिरहेका बेला सहभागिताका लागि अपिल गर्न प्रधानमन्त्रीले संयुक्त छलफल गर्न बोलाएको उनको सचिवालयले जनाएको होे ।

प्रधानमन्त्री कार्कीले यसअघि विघटित प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरूसँग छलफल गरेकी थिइन् ।

सम्बन्धित समाचार