0
Shares
काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाड्नासाथ सन्तोष परियारले नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) र प्रगतिशील राष्ट्रिय अभियानसँग सहकार्य गर्न ५ बुँदे सहमति गरेका छन् ।
सहमति पत्रमा परियारसँगै नेसपा नयाँ शक्तिको तर्फबाट संयोजक दुर्गा सोव र प्रगतिशील जागरण अभियानको तर्फबाट सुदन किराँतीले हस्ताक्षर गरेका छन् ।
सहमतिमा हस्ताक्षर कार्यक्रममा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र पूर्वमन्त्री जनार्दन शर्मा सहभागी थिए ।
सहमतिअनुसार आगामी मंसिर ७ गते वृहत एकता हुनेदेखि एकीकृत पार्टीको नाम र चुनाव चिह्न एउटै बनाउने निर्णय भएको छ ।
