पाँच दिन मतदाता नामावली संकलनको म्याद थप्ने तयारी

0 Shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मतदाता नामावली संकलनका लागि निर्वाचन आयोगसँग थप पाँच दिन म्याद थप्न आग्रह गरेकी छन् ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त राम्रसाद भण्डारीसँग टेलिफोनमा कुराकानी गर्दै प्रधानमन्त्री कार्कीले म्याद थपका लागि आग्रह गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यसबारे आयोग सकारात्मक रहेकाले पाँच दिन म्याद थप्न सकिने आयोगले जनाएको छ । सोहीअनुसार म्याद थपको तयारी भइरहेको बताइएको छ ।

राष्ट्रिय परिचय पत्रको विवरणका आधारमा मतदाता नामावलीमा नाम दर्ता गराउन मिल्ने भएपछि बिहीबारबाट अनलाइनबाट नाम दर्ता गराउनेको उच्च चाप देखिएको छ ।

सम्बन्धित समाचार