वेस्ट इण्डिज ‘ए’सँग खेल्न नेपाली टोलीको घोषणा, को-को परे टिममा ?

0 Shares

काठमाडौं । विश्व विजेता टोली वेस्ट इण्डिज ‘ए’सँग पाँच खेलको शृङ्खला खेल्ने नेपाली टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले रोहित पौडेलको कप्तानीमा टोलीको घोषणाा गरेको हो ।

वेस्ट इण्डिज एको टोली शृङ्खला खेल्नका लागि बुधबार नेपाल आइसकेको छ । वेस्ट इण्डिज एले आफ्नो टोलीमा विश्वकप खेल्ने प्रमुख खेलाडीहरू समेटेर नेपालमा पठाएको छ ।

नेपालको तर्फबाट क्यान कप्तानी पौडेलसहित १६ सदस्यीय टोलीको नाम सार्वजनिक गरेको छ । नेपाली टोलीमा पौडेलसहित आसिफ शेख, कुशल भुर्तेत, अनिश साह, आरिफ शेख, सन्दीप जोरा, दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल, गुल्सन झा, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जिसी, अनिनाश बोहरा, विवेश यादव र आकाश चन्द रहेका छन् ।

दुई पटक टी २० विश्वकप विजेता टोली वेस्ट इण्डिज ‘ए’ र नेपालबीच शनिबारदेखि खेल हुँदै छ । खेल त्रिवि क्रिकेट मैदानमा हुने भएको छ ।

सम्बन्धित समाचार