घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

0 Shares

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्यमा २०० रुपैयाँले गिरावट भएको छ । बुधबार ५०० रुपैयाँ बढेको सुनको मूल्य बिहीबार २०० रुपैयाँले घटेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ३५ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार एक लाख ३६ हजार रुपैयाँमा कारोबार भएको थियो ।

बिहीबार तेजाबी सुनको मूल्य एक लाख ३५ हजार १५० रुपैयाँ तोकिएको छ । बुधबार एक लाख ३५ हजार ३५० रुपैयाँमा करोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ६५५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य प्रतितोलामा पाँच रुपैयाँले गिरावट भएको हो ।

सम्बन्धित समाचार