होटल मुख्यमन्त्रीले सपथ लिएपछि सांसदहरूको विरोध, कर्मचारीमाथि हातपात

0 Shares

काठमाडौं । मधेस प्रदेशका तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदीले एमाले नेता सरोज यादवलाई होटलमा मुख्यमन्त्रीको सपथ खुवाएपछि प्रदेश सांसदहरूले कर्मचारीमाथि दुव्र्यवहार गरेका छन् ।

एमालेका नेतालाई होटलमा लगेर मुख्यमन्त्री पदको सपथ खुवाएको भन्दै विपक्षी दलका नेताहरूले विरोध गरेका थिए । यस क्रममा कर्मचारीमाथि हातपातसँगै कुटपिट भएको थियो ।

आफूहरूमाथि हातपात भएसँगै कर्मचारीहरूले विरोध गरेका छन् । ११८ जना कर्मचारीहरूले संयुक्त विज्ञप्ति जारी गर्दै आफूहरूमाथि भएको हातपातको विरोध गरी दोषीमाथि तत्काल कारबाही गर्न माग राखेका छन् ।

सम्बन्धित समाचार