0
Shares
काठमाडौं । सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा अतिरिक्त महानिरीक्षक (एआईजी) दानबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई प्रहरी प्रमुखमा बढुवा गरी आईजीपी बनाउने निर्णय भएको सरकारका प्रवक्तासमेत रहेका सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिएका हुन् । कार्तिक २७ गतेदेखि लागू हुने गरी कार्कीलाई आईजीपीको जिम्मेवारी दिएको हो ।
वर्तमान आईजीपी चन्द्रकुवेर खापुङले प्रहरी नियमावलीमा रहेको ३० वर्षे सेवा अवधिका कारण आजै (मंसिर २५ गते) मध्यरातदेखि अवकाश पाउँदै छन् । नवनियुक्त कार्की नेपाल प्रहरीको ३३औँ आईजीपी बन्ने भएका छन् ।