लुम्बिनी विकास बैंकद्वारा कीर्तिमानी पर्वतारोही कामी रिता शेर्पा सम्मानित

0 Shares

काठमाडौँ। लुम्बिनी विकास बैंक लिमिटेडले कीर्तिमानी पर्वतारोही कामी रिता शेर्पालाई सम्मान गरेको छ। शेर्पाले हालै ३१ औं पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्ने क्रममा लुम्बिनी विकास बैंकको लोगो अंकित ब्यानरसहित उच्च शिखरमा पुग्न सफल हुनुभएको थियो।

यसै उपलब्धिका लागि विकास बैंकले आज, २०८२ कार्तिक २३ गते, एक सम्मान कार्यक्रमको आयोजना गर्‍यो। बैंकका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० नरेश सिंह बोहराले शेर्पालाई सम्मान गर्दै उहाँको उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो।

पर्वतारोही शेर्पा विगत दुई दशकदेखि लुम्बिनी विकास बैंक लिमिटेडसँग “निरन्तर सहयात्री” बनेर आबद्ध हुनुहुन्छ। शेर्पाले आफ्नो यो कीर्तिमानी आरोहण आफ्नो परिवार, शेर्पा समाज तथा सम्पूर्ण नेपालको लागि रहेको जानकारी दिनुभयो। उहाँको यस साहसिक कार्यले लुम्बिनी विकास बैंकसहित सम्पूर्ण देशलाई गौरवान्वित बनाएको बैंकले जनाएको छ।

देशका सातै प्रदेशमा शाखा सञ्चालन गरिरहेको लुम्बिनी विकास बैंक लिमिटेडका ८९ वटा शाखा कार्यालय तथा एक विस्तारित शाखा (Extension Counter) सञ्चालनमा छन्। बैंकले “निरन्तर सहयात्रा” भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नवीनतम प्रविधिहरूसहितको सुरक्षित बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

सम्बन्धित समाचार