काठमाडौँ । मातृभूमि राष्ट्रिय अभियान पार्टीका संयोजक भीम रावल आगामी कात्तिक २६ गते बुधबार पार्टी एकतामा आउने भएका छन् । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल‘प्रचण्ड’सहसंयोजक माधवकुमार नेपालसँग लामो छलफलपछि रावल एकतामा आउन सहमत भएका हुन् ।
नेपाली कम्युनिस्ट पार्टीसँगको एकतामा आउन मातृभूमि राष्ट्रिय पार्टीका संयोजक रावल सहमत भएको नेता गोविन्द दुवालले जानकारी दिए । पूर्वगृह मन्त्री रावल आगामी कात्तिक २६ गते दिउँसो २ बजे राष्ट्रिय सभा गृहमा एकता भएको घोषणा गरिने गरिने उनले जानकारी दिए । ‘नेपाली कम्युनिस्ट पार्टीसँगको एकतामा आउन सहमती भयो । कात्तिक २६ गते दिउँसो २ बजे राष्ट्रिय सभा गृहमा एकता भएको घोषणा गरिने छ । रावलको नेतृत्वमा रहेको पार्टी एकता भएको घोषणा हुनेछ’ उनले भने, ‘एकता सभामा संयोजक प्रचण्ड सहसंयोजक माधव नेपाल सहित शीर्ष नेताहरु सहभागी भई सम्बोधन गर्नुहुनेछ ।’
संयोजल रावलसँग एकता गर्न प्रचण्ड माधवसहित प्रकाश ज्वाला, भानुभक्त जोशीले आइतबार साँझ छलफल गरेका थिए ।
नेपाली कम्युनिष्ट पार्टीसँग एकता गर्न जसपा संघीय परिषद अध्यक्ष राजेन्द्र श्रेष्ठको नेतृत्वमा वार्ता टोली गठन भएको एक नेताले जानकारी दिए । श्रेष्ठको नेतृत्वमा जसपाका उपाध्यक्ष रेनु यादव, रनध्वज लिम्बु, महासचिव मोहम्मद इस्तियाक राईलगायत नेता रहेका हुन । जसपा केन्द्रीय समिति बैठकले वार्ता टोली बनाएपछि एकतका लागि छलफल सुरु भएको हो । जसपा वार्ताले एकताको ठोस आधार बनाएपछि पार्टीको कार्यकारिणी समितिले अनमोदन गर्ने भएको हो । पार्टी एकताका विषयमा वार्ता टोलीसँगै पार्टी अध्यक्ष राई र प्रचण्ड माधवले समेत छलफल जारी राखेको ती नेताले बताए ।
प्रचण्ड माधवसहित १० कम्युनिष्ट पार्टीसँगको एकता रावललाई समेत एकतामा ल्याउने तयारी गरिएको थियो । अन्तिममा रावल एकतामा आउन रोकिएका थिए ।
प्रचण्ड(माधवले धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत) विश्वभक्त दुलाल नेतृत्वको वैज्ञानिक समाजवादीलगायतका दलसँग एकता गर्न छलफल जारी राखेका छन् ।