श्याम साहको संयोजकत्वमा नेपाली कम्युनिस्ट पार्टी–जेनजेड फ्रन्टको घोषणा

0 Shares

काठमाडौं ।  नेपाली कम्युनिस्ट पार्टी निकट जेनजेड फ्रन्टले आफ्नो प्रस्तावना र संरचना औपचारिक रूपमा सार्वजनिक गरेको छ। मधेस प्रदेशको राजधानी जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा श्याम साहको संयोजकत्वमा प्रस्तावना प्रस्तुत गरिएको हो। कार्यक्रममा संगठनका केन्द्रीय सदस्य, युवा नेताहरू र शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

प्रस्तावनाअनुसार फ्रन्टले नयाँ पुस्ताको वैचारिक, संगठनात्मक र राजनीतिक उत्तरदायित्व वहन गर्दै कम्युनिस्ट आन्दोलनलाई “आधुनिक, वैज्ञानिक र पारदर्शी रूपान्तरणको दिशामा” अघि बढाउने प्रतिबद्धता जनाएको छ। प्रस्तावनामा जनवादी क्रान्तीलाई समाजवादी क्रान्तीमा रूपान्तरण गर्ने दीर्घकालीन लक्ष्य राखिएको छ। साथै, संगठनले पार्टीभित्र देखा परेका अवसरवाद, व्यक्तिगत स्वार्थ र वैचारिक विचलनविरुद्ध सुधारको आवाज उठाउने प्रतिबद्धता पनि व्यक्त गरेको छ।

संगठनले आफ्नो उद्देश्य, नीति र सिद्धान्तमा निम्न मुख्य बुँदाहरू समावेश गरेको छ

नयाँ पुस्ताको वैचारिक, संगठनात्मक र नेतृत्वगत प्रतिनिधित्व सुनिश्चित गर्ने।

समाजवाद, जनसत्ता र वर्गीय समानताको स्थापनाका लागि वैज्ञानिक र व्यावहारिक दृष्टिकोण अपनाउने।

पारदर्शिता, उत्तरदायित्व र सामूहिक नेतृत्वको अभ्यास सुदृढ गर्ने।
युवा पुस्तालाई राजनीतिक चेतना, अध्ययन र अनुशासनमा प्रशिक्षित गर्दै भविष्यको वैचारिक नेतृत्वका रूपमा तयार गर्ने।

सम्बन्धित समाचार