बालाजुमा साइकललाई जोगाउन खोज्दा सडकमै पल्टियो बस

0 Shares

काठमाडौँ । शनिबार साँझ बालाजु चोकबाट माछापोखरीतिर गइरहेको बस सडकमै पल्टिँदा ७ जना घाइते भएका छन् । घाइतेलाई नजिकैको अस्पतालमा लगिएको छ ।

रिङ रोडमा चल्ने बस साइकललाई जोगाउन खोज्दा उत्तानो परेको हो । पल्टिएको बसलाई क्रेनको सहायताले उठाइएको छ ।

 

सम्बन्धित समाचार