सानिमा बैंकको खुद नाफा ४५ करोड ४९ लाख, सञ्चालन मुनाफा १४.९४ प्रतिशतले बढ्यो

0 Shares

काठमाडौं। सानिमा बैंकले चालू आर्थिक वर्षको त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार चालू आर्थिक वर्षको असोजसम्म बैंकको खुद नाफा गत आर्थिक वर्षको तुलनामा १३.८६ प्रतिशतले बढेको छ।

बैंकले यस अवधिमा ४५ करोड ४९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आवको सोही अवधिमा यस्तो खुद नाफा ३९ करोड ९५ लाख रुपैयाँ थियो।

बैंकको खुद ब्याज आम्दानी पनि २७.९१ प्रतिशतले वृद्धि भएको छ। असोजसम्म बैंकले १ अर्ब ६८ करोड ८५ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आम्दानी १ अर्ब ३२ करोड थियो।

बैंकको सञ्चालन मुनाफा पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो मुनाफा १४.९४ प्रतिशतले वृद्धि भएर ६५ करोड ७६ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो मुनाफा ५७ करोड २१ लाख थियो।

कुल वितरणयोग्य मुनाफा २ अर्ब १३ करोड रुपैयाँ रहेको बैंकको चुक्ता पुँजी १३ अर्ब ५८ करोड, प्रतिसेयर आम्दानी १३ रुपैयाँ १५ पैसा, प्रतिसेयर नेटवर्थ १७२ रुपैयाँ ७१ पैसा रहेको छ।

सम्बन्धित समाचार