जेनजीलाई बाबुरामले भने– लिखित सहमती गर्नुस् वैधता हुन्छ

0 Shares

काठमाडौं । नेसपा (नयाँ शक्ति)का नेता डा.बाबुराम भट्टराईले जेनजी अगुवाहरूलाई जेनजी आन्दोलनलाई वैधता दिन सरकारलाई तत्काल सहमति गर्न दबाब दिन सुझाव दिएका छन् । बिहीबार जेनजी अगुवासँगको अन्तरक्रियापछि डा.भट्टराईले यस्तो सुझाव दिएका हुन् ।

‘तपाईंहरुलाई झुलाइरहेका छन् यसरी नझुल्नुस् । अब तुरुन्तै एउटा टिम बनाएर कति बुँदे हुन्छ, लिखित सहमति गर्नुस् यसो गर्दा अभिलेखीकरण हुन्छ’, उनले भने( ‘यो सरकारको दायित्व जनेजीप्रति हो भनेर भनिरहेको छु ।’ उनले माग मुद्दाका सवालमा सरकारले सहमति नगरे यो सरकार पनि प्यारालाइज्ड हुने र अन्ततः जेनजीहरु पनि क्रिमिनलाईज हने खतरा रहेको बताए । ‘एउटा आयोग गठन त भइसकेको छ । त्यसमा पनि कतिपय प्रमाण पनि नष्ट हुँदै गएको छ’, उनले भने– ‘भ्रष्टाचारीलाई कारबाही गर्नुपर्छ भन्ने तपाईंहको माग मुख्य हो ।’

उनले भ्रष्टाचारीलाई कारबाहीको सुरुवात मात्रै भए पनि यो सरकारले गर्नुपर्ने र त्यसका लागि सरकारलाई जेनजीहरुले दबाब दिन छाड्नु नहुने सुझाव दिए । ‘सँगसँगै चुनाव पनि गर्नुपर्छ चुनाव भएन भने संविधान डिरेल हुन्छ’, उनले भने– ‘त्यसले आधा गिलास पनि घोप्ट्याउने काम हुन्छ । विदेशमा भएकाले पनि भोट हाल्न पाउने व्यवस्था हुनुपर्‍यो ।’

सम्बन्धित समाचार