खानेपानी महासंघद्धारा शुक्रबार शोकसभा राख्न अनुरोध

0 Shares

काठमाडौं । राष्ट्रिय साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता महासंघले आगामी शुक्रबार देशैभर शोकसभा कार्यक्रम राख्न अनुरोध गरेको छ ।

महासंघका अध्यक्ष खेमराज वलीद्धारा बुधबार जारी विज्ञप्तिमा महासंघका संस्थापक सल्लाहकार तथा घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष देवीबहादुर डिसीको निधन भएकाले उपभोक्ता समितिका आ–आफ्ना कार्यालयमा शोकसभा राख्न आग्रह गरेका हुन् ।

महासंघका अध्यक्ष वलीले डिसीको निधन भएको सातौ दिन पुगेको अवसरमा कार्यक्रम राख्न भनिएको हो । डिसीको कात्तिक १६ गते ७८ वर्षको उमेरमा निधन भएको थियो ।

सम्बन्धित समाचार