काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पत्रकार सम्मेलन गर्ने भएका छन् । नेकपा एससहित विभिन्न साना दलसँग पार्टी एकता गर्ने निर्णयमा असहमति जनाउँदै आएका उनले आज पत्रकार सम्मेलन गरी आफ्नो धारणा राख्ने भएका हुन् ।
नेता शर्माले पत्रकार सम्मेलन सत्कार क्याफे बखुण्डोल ललितपुरमा दिउँसो साढे २ बजे बोलाएका छन् । उनले आइतबार नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर एकता प्रक्रियामा आफू सहभागी नहुने बताएका थिए ।
यता, माओवादीले दिउँसो १ बजे महाधिवेशन आयोजक समितिको बैठक राखेर एकता अनुमोदन गर्ने तयारी गरेको छ । यो बैठकमा नेता शर्मासहित उनी पक्षका नेताहरूले बहिष्कार गर्ने भएका हुन् ।
यो एकता प्रक्रियाबाट रुष्ट बनेका एकीकृत समाजवादी सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल, नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवलगायत मिलेर नयाँ पार्टी बनाउने तयारी गरेका छन् ।