0
Shares
काठमाडौं । नेकपा माओवादी केन्द्र र गोपाल किराती नेतृत्वको देशभक्त समाजवादी मोर्चाबीच एकता गर्ने समझदारी गरेका छन् । माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संयोजक किरातीले सोमबार एकता गर्ने हस्ताक्षर गरेका हुन् ।
प्रचण्ड र किरातीबीच तीन बुँदे सहमति गरेर एकता गर्ने निर्णय गरेका हुन् । तत्कालीन एमाले माओवादी एकतापछि फरक मत राख्दै छुट्टै पार्टी गठन गरेका थिए ।
माओवादी, नेकपा एकीकृत समाजवादीसहित आठ दल एकता गर्ने सहमति गरेपछि पूर्वमन्त्री किरातीले सोमबार एकतामा हस्ताक्षर गरेका हुन् ।
प्रचण्डसँग एकता गर्ने समझदारी गरेपछि किरातीले प्रचण्ड जिन्दावाद, नेपाली क्रान्ति जिन्दावाद, प्रक्रियावादीलाई धुलो पिठो पार्ने छौँ भनेर नारा लगाएका थिए । माओवादीसहित एकतामा आउने दल नौ पुगेका छन् ।
