नेपालले क्यानडाविरुद्ध पहिला ब्याटिङ गर्ने

0 Shares

काठमाडौं । क्यानडाविरुद्धको एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने भएको छ ।

खेल कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुँदै छ । क्यानडा र नेपालबीच तीन वटा एक दिवसीय खेलको शृङ्खला हुनेछ ।

सन् २०१८ मा एक दिवसीय अन्तर्राष्ट्रियको मान्यता पाएपछि नेपालले क्यानडासँग खेल्न लागेको यो पहिलो शृङ्खला हो ।

सम्बन्धित समाचार