0
Shares
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले नेपालमा सामाजिक सञ्जाल बन्द नहुने स्पष्ट पारेका छन्।
बुधबार सिंहदरबारमा डिजिटल सञ्चार माध्यमसँग आवद्ध संघ–संस्था तथा सरोकारवालासँगको छलफलका क्रममा मन्त्री खरेलले सामाजिक सञ्जाल अहिलेको नयाँ मूलधारको सञ्चार माध्यम भएकाले यसको अवरोध वा बन्द गर्ने कुनै योजना नभएको बताए।
उनले सामाजिक सञ्जाललाई व्यवस्थित र जिम्मेवार बनाउने कार्यमा सरकारसँगै सरोकारवाला सबैको सहयोग आवश्यक रहेको उल्लेख गरे। मन्त्री खरेलका अनुसार सरकारले सामाजिक सञ्जाललाई नयाँ मूलधारको सञ्चारको रूपमा पहिचान गरी सदैव प्राथमिकतामा राख्ने नीति लिएको छ।