0
Shares
काठमाडौं । अन्डाको भाउ वृद्धि भएको छ । नेपाल लेयर्स कुखुरापालक संघले सोमबारदेखि लागु हुने गरी अन्डाको भाउ बढाएको हो ।
उत्पादन घटेको र खपत बढेको भन्दै फेरि अन्डाको भाउ बढाएको संघले जनाएको छ । संघका अनुसार अब ठूलो अन्डाको होलसेल मूल्य प्रतिक्रेट ५ सय रुपैयाँ र मध्यम अन्डाको ४ सय ५० रुपैयाँ पुगेको छ ।
अघिल्लो दरको तुलनामा प्रतिक्रेटमा ५० रुपैयाँ भाउ बढाइएको हो । यो मूल्यवृद्धि चितवनलाई आधार बनाएर निर्धारण गरिएको जनाइएको छ।
उपभोक्ताका लागि एउटा अन्डाको खुद्रा मूल्य भने २२ रूपैयाँकै हाराहारीमा रहेको र उपभोक्ता मूल्यमा त्यति ठूलो फरक नआउने संघको दाबी छ ।