ओलीको कटाक्ष : सबैभन्दा बढी भ्रष्टाचार गर्नेको चर्को स्वर छ

0 Shares

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्ला दिनमा भ्रष्टाचारविरुद्ध बोल्नेहरूकै आचरणमाथि प्रश्न उठाएका छन् ।

आइतबार राजधानीमा सञ्चारमाध्यमका सम्पादकहरूसँगको अन्तरक्रियामा उनले ’भित्रभित्र खाने’ प्रवृत्तिलाई कटाक्ष गर्दै वास्तविक सुधारका लागि इमानदार राजनीतिक इच्छाशक्ति आवश्यक रहेको बताए ।

ओलीले भने, ‘भ्रष्टाचारको विरोध सजिलो छ, तर अहिले सबैभन्दा बढी भ्रष्टाचार गर्नेको स्वर नै सबैभन्दा चर्को छ।’

उनले चेतावनीका स्वरमा थपे, ‘एकछिन छानबिन गर्ने दिन आउँछ। अहिले चर्को स्वरले दबाउन खोजिएको हुनसक्छ, तर त्यो दिन आउँछ। आगो लुकाउन सकिन्छ, धुँवा लुकाउन सकिँदैन–त्यो त आइहाल्छ ।’

२४ गतेको घटनाबारे बोल्दै उनले जेनजीहरूले नै आगो लगाए त ? भन्ने प्रश्न गरे । उनले भने,’मैले असली जेनजीलाई सोध्दा उनीहरूले भने– हामीलाई थाहा छैन, हाम्रा मागहरू हाइज्याक भए, हजुरआमालाई प्रधानमन्त्री बनाउने हाम्रो माग होइन ।’

ओलीले आन्दोलनका नाममा वास्तविक युवाहरूको भावना दुरुपयोग गर्न खोज्नेहरूलाई सचेत गराउन आवश्यक रहेको बताए । उनले भने, ’देशको सुधार र सुशासनका लागि आन्दोलनको भावना सच्चा हुनुपर्छ, दुरुपयोग होइन ।’

 

सम्बन्धित समाचार