एमाले सधैंका लागि सरकारबाट हट्यो भन्ने भ्रम नपाल्न ओलीको चेतावनी

0 Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले सधैंका लागि सरकारबाट हट्‌यो भन्ने भ्रम नराख्न चेतावनी दिएका छन् । एमालेको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले एमाले कमजोर नभएको दाबी गरे ।

उनले भने, ‘कसैले अब सधैंका लागि एमाले सरकारबाट हट्यो भने ठानेको होला, यो भ्रम नपाले हुन्छ, एमाले, राजनीतिक, आर्थिक विकासको नायकत्व दिइरहेको पार्टी हो ।’

उनले एमाले सरकारमा हुँदा र नहुँदा के हुँदो रहेछ भन्ने अहिले विश्व बैंकको प्रतिवेदनले देखाएको दाबी गरे । उनले पार्टीले देशको स्वाभिमान कायम गर्नका लागि काम गरेको बताए ।

सम्बन्धित समाचार