काठमाडौं । अन्तरिम सरकारले आगामी फागुनमा गर्न लागेको संसदीय निर्वाचनका लागि नेपाली कांग्रेस सक्रियता बढाउने भएको छ । कांग्रेस नेता श्यामकुमार घिमिरेले निर्वाचनको तयारीमा लाग्ने जानकारी दिएका हुन् ।
बुधबार सभामुखले बोलाएको सर्वदलीय बैठकमा सहभागी भएर निस्कने क्रममा नेता घिमिरेले निर्वाचनबाट कांग्रेस पछि नहट्ने बताएका हुन् । लोकतान्त्रिक पार्टी भएकाले वर्तमान परिस्थितिमा निर्वाचनबाट भाग्ने कुरा नहुने उनको भनाइ थियो ।
सरकारले निर्वाचनको वातावरण बनाउनुपर्ने उनको भनाइ थियो । वर्तमान सरकार र संसद् विघटन भने असंवैधानिक रहेको उनको दाबी छ । सर्वोच्च अदालतमा संसद् विघटन र नयाँ सरकार गठन असंवैधानिक रहेको भन्दै १० वटा रिट परिसकेकाले सर्वोच्च अदालतको फैसला मानेर आगामी कदमहरू चाल्ने उनले बताए ।
उनले केन्द्रीय समितिको बैठक जारी रहेकाले बैठकले थप निर्णय गर्ने बताए ।