0
Shares
काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक ललितपुर भनिमण्डलस्थित रामबाघ महल पार्टी प्यालेसमा सुरू भएको छ ।
बैठकमा सहभागी हुन पार्टी अध्यक्ष केपी शर्मा ओली भक्तपुरको गुण्डुबाट कार्यकर्ताको कडा सुरक्षामा ललितपुर पुगेका थिए । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि पहिलो पटक बस्न लागेको केन्द्रीय कमिटी बैठकले ११औँ महाधिवेशनको मिति तय गर्ने छ ।
सचिवालयको ५८औँ बैठकले मंसिर अन्तिम हप्ता महाधिवेशन गर्ने निर्णय गरे पनि मिति तोक्न बाँकी थियो । आजको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो घटनाक्रम समेटिएको राजनीतिक प्रतिवेदन पेस गर्ने छन् । त्यसमा आधारित भएर सदस्यहरूले धारणा राख्ने छन् ।