सुनको मूल्य निरन्तर उकालो, आज कति पुग्यो?

0 Shares

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको हो ।

योसँगै आज सुनको मूल्य प्रतितोला दुई लाख ४८ हजार ९०० पुगेको छ । यसअघि मंगलबार तोलामा २ लाख ४८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि सामान्य वृद्धि भएको छ । मंगलबार तोलामा ३ हजार ३२५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर तोलामा ३ हजार ३४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

सम्बन्धित समाचार