नेपालको विश्वकप छनोट यात्रा कति नजिक, कस्तो छ समीकरण?

0 Shares

काठमाडौं । टी-२० विश्वकपको एशिया तथा पूर्वी एशिया प्रशान्त छनोट प्रतियोगिताअन्तर्गत नेपालले दुई खेलमा जित हात पारेको छ ।

आफ्नो पहिलो खेलमा यूएईविरुद्ध १ रनले मात्रै जित हात पारेको नेपालले कतारविरुद्ध ५ रनको जित निकाल्न सफल भयो ।

यी दुई जितसँगे नेपाललाई अर्को वर्ष हुने टी-२० विश्वकपको निकै नजिक पुर्‍याएको छ । नेपालले ६ अंक जोडिसकेको छ । एशिया तथा पूर्वी एशिया प्रशान्त क्षेत्रीय छनोटअन्तर्गत ‘सुपर सिक्स’ खेल तालिकाको दोस्रो स्थानमा छ । अब टोलीलाई विश्वकप पुग्न एक खेलमा निकाले पक्का हुनेछ ।

नेपालले अब समान ६ अंक रहे पनि रनरेटका आधारमा अंक तालिकामा शीर्ष स्थानमा रहेको ओमान र बिनाअंक पाँचौँ स्थानमा रहेको सामोआसँग खेल्न बाँकी छ ।

ओमानसँगको खेल बुधबारका लागि तय गरिएको छ । सामोआसँग शुक्रबार खेल्ने छ । नेपालले ती दुई खेलमध्ये एउटा खेल जिते विश्वकप खेल्न सुनिश्चित हुनेछ ।

सम्बन्धित समाचार