‘नाडा अटो शो २०२६’ लाई लक्षित गर्दै ग्लोबल आइएमई बैंकको स्पेशल अफर, ५.१७ प्रतिशत ब्याजदरमा गाडी कर्जा

0 Shares

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा मंगलबारदेखि सुरु भएको ‘नाडा अटो शो २०२६’ लाई लक्षित गर्दै ग्लोबल आइएमई बैंकले ५.१७ प्रतिशत ब्याजदरमा गाडी कर्जा उपलब्ध गराउने योजना सार्वजनिक गरेको छ ।

बैंकले ‘ग्लोबल अटो लोन’ अन्तर्गत मेलामा गाडी खरिद गर्न चाहने ग्राहकलाई लक्षित गर्दै उक्त ब्याजदरको ‘नाडा स्पेशल अफर’ ल्याएको हो । यो योजना अटो शो अवधिभर लागू हुने बैंकले जनाएको छ ।

बैंकका अनुसार ५.१७ प्रतिशतको ब्याजदरमा न्यूनतम ०.५ प्रतिशत रिस्क प्रिमियम समेत समावेश गरिएको छ । बजारमा उपलब्ध अन्य गाडी कर्जाको तुलनामा उक्त ब्याजदर प्रतिस्पर्धात्मक रहेको बैंकको दाबी छ ।

गाडी खरिद गर्न चाहने ग्राहकलाई कर्जा प्रक्रिया सहज र छिटो बनाउन बैंकले नाडा अटो शो परिसरमै छुट्टै स्टल राखेर सेवा प्रदान गरिरहेको छ । ग्राहकले बैंकको स्टलबाट अटो लोनसम्बन्धी आवश्यक जानकारी लिनुका साथै कर्जा प्रक्रियासमेत अघि बढाउन सक्नेछन् ।

नाडा अटो शोमा विभिन्न ब्रान्डका नयाँ तथा विद्युतीय सवारीसाधन सार्वजनिक भइरहेका बेला बैंकको सहुलियतपूर्ण कर्जा योजनाले सवारी खरिदकर्तालाई थप सुविधा पुग्ने अपेक्षा गरिएको छ ।

सम्बन्धित समाचार