0
Shares
काठमाडौं । आज बस्ने भनिएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । संसद् सचिवालयले सूचना जारी गरी विशेष कारण प्रतिनिधिसभाको बैठक भोलि बुधबारका लागि सारिएको जानकारी दिएको हो ।
अब प्रतिनिधिसभा बैठक बुधबार दिउँसो १ बजे बस्ने सूचनामा उल्लेख छ ।
यसअघि सभामुख डोलप्रसाद अर्याल छातीमा समस्या देखिएपछि महाराजगञ्जस्थित अस्पताल पुगेका थिए । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको मनमोहन कार्डियोभास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा साँझदेखि उनको स्वास्थ्य जाँच भएको थियो ।
सोमबार साँझ ७ः३० बजे सभामुख अर्याल अस्पताल पुगेर उपचार सुरु गरेका हुन् । मुटुको रक्त नलीमा कुनै किसिमको अवरोध वा साँघुरोपन छ कि भनेर चिकित्सकहरूले उनको ‘सिटी कोरोनरी एन्जियोग्राफी गरेको थियो ।