0
Shares
काठमाडौं । गत शुक्रबारको तुलनामा सुनको मूल्य प्रतितोला तीन हजार रुपैयाँ बढेको छ । चाँदीको मूल्य पनि ४० रुपैयाँले वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार दुई लाख ३५ हजारमा कारोबार भएको एक तोला सुनको मूल्य आज दुई लाख ३८ हजार कायम भएको छ ।
शुक्रबार एक तोला चाँदी तीन हजार ८५ मा खरिद बिक्री भएकामा आज तीन हजार १२५ मा कारोबार भइरहेको छ ।
अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार १६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।