नबिल इन्भेष्टमेन्ट बैंकिङ्गको साधारण सभा सम्पन्न, कति दिँदै छ लाभांश?

0 Shares

काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको १६औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । शुक्रबार एक कार्यक्रमका बीच बैंकको साधारण सभा सम्पन्न भएको हो ।

कम्पनीक अध्यक्ष सुजित कुमार शाक्यको अध्यक्षतामा सम्पन्न साधारण सभामा संचालक समितिका सदस्यहरु, शेयरधनी तथा कम्पनीको व्यवस्थापन समितिका सदस्यहरुको उपस्थित थिए ।

कम्पनीको रजिष्टर्ड कार्यालय नक्सालमा सम्पन्न साधारण सभाले गत वर्षको मुनाफाबाट आफ्ना शेयरधनीका लागि चुक्ता पुँजीको २५ प्रतिशतले हुन आउने ८ करोड १० लाख रुपैयाँ बराबरको बोनस शेयर तथा कर प्रयोजनको लागि १.३१५७८९४७ प्रतिशतले हुन आउने ४२ लाख प्रदान गर्ने प्रस्ताव पारित भएको छ ।

सम्बन्धित समाचार