0
Shares
काठमाडौं । सुनको मूल्यमा सामान्य गिरावट भएको छ । बिहीबारको तुलनामा एक तोला सुनको मूल्यमा चार हजार २०० रुपैयाँ गिरावट भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार दुई लाख ३९ हजार २०० मा कारोबार भएको एक तोला सुनको मूल्य आज दुई लाख ३५ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य भने बढेको छ । बिहीबार एक तोला चाँदी तीन हजार २५ मा कारोबार भएको थियो । आज सोही परिमाणको चाँदी तीन हजार ८५ मा कारोबार भइरहेको छ ।
अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुनको मूल्य तीन हजार ५८ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।