सुनको मूल्यमा नयाँ रेकर्ड, आज कति पुग्यो?

0 Shares

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य फेरि बढेको छ । योसँगै एक तोला सुनको मूल्य दुई लाख ४० हजार नजिक पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा दुई लाख ३८ हजार रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य बिहीबार तोलामा दुई लाख ३९ हजार २०० रुपैयाँ पुगेको हो ।

यस्तै, चाँदीको मूल्यसमेत ३ हजार ३५ रुपैयाँ पुगेको छ । बुधबार तोलामा २ हजार ९५५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार ८० रुपैयाँले बढेको हो ।

सम्बन्धित समाचार