सुनको मूल्यमा नयाँ रेकर्ड, आज कति पुग्यो?

0 Shares

काठमाडौं । बुधबार सुनको मूल्य तोलामा २ हजार ६ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार योसँगै सुनको मूल्य प्रतितोला २ लाख ३८ हजार रुपैयाँ पुगेको छ ।

यसअघि अघिल्लो दिन २ लाख ३५ हजार ४ सय रुपैयाँ थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउले प्रतिऔंस ४ हजार डलर नाघेको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार २५ डलर पुगेको हो । विश्वभर सुनको मूल्य निरन्तर उकालो लाग्दै नयाँ रेकर्ड बनाइरहेको छ ।

यस्तै, चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले गिरावट आएको छ । अघिल्लो दिन दुई ९६० रुपैयाँ रहेको चाँदी आज दुई ९५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

सम्बन्धित समाचार