प्रधानमन्त्री कार्कीको अध्यक्षतामा विपद् व्यवस्थापन परिषद्‌को बैठक जारी

0 Shares

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बसिरहेको छ।

बैठक सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा प्रधानमन्त्री एवं परिषद्का अध्यक्ष सुशीला कार्कीको अध्यक्षतामा बसिरहेको हो।

बैठकमा बाढी-पहिरोपीडित परिवारलाई राहत उपलब्ध गराउने, अवरुद्ध सडक सञ्चालन गर्ने लगायत ९ एजेन्डा छन्।

सम्बन्धित समाचार