माओवादी सचिवालय बैठकका यी हुन एजेन्डा

0 Shares

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को सचिवालय बैठक सोमबार बस्दै छ । दिउँसो १ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेगरी बैठक बोलाइएको सचिवालय सदस्य देवेन्द्र पौडेलले बताए ।
महाधिवेशनको मिति तय, प्रतिनिधि छनोट लगायत विषयमा छलफल गर्न बैठक बोलाइएको उनको भनाइ छ । असोज ९–१० गते सम्पन्न केन्द्रीय समिति बैठकले केन्द्रीय समिति विघटन गरी मंसिरको अन्तिम हप्ता विशेष महाधिवेशन गर्ने निर्णय गरेको थियो ।

यसैगरी बैठकले प्रचण्डको संयोजकत्वमा महाधिवेशन आयोजक समिति बनाएको थियो । सोही बैठकले पूर्वपदाधिकारीलाई सचिवालयमा रूपान्तरण गरेको थियो ।
महाधिवेसन अघि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासँग एकता हुन सक्ने पौडेलले बताए । नेकपाले समेत एकताका विषयमा छलफल गर्न केन्द्रीय समिति बैठक बोलाएर छलफल गर्न लागेको छ ।

सम्बन्धित समाचार