आज मिति २०८० साल माघ २३ गते मंगलबार । तदनुसार फ्रेवुअरी ६ तारिख २०२४ । माघ कृष्ण पक्ष एकादशी तिथि । बिहान ६ बजेर ४७ मिनेट जाँदा उपत्यकामा झुल्किएको घाम साँझ ५ बजेर ४८ मिनेटमा अस्ताउने छ ।
मेष
विवादबाट जोगिँदै समयको गतिलाई पछ्याउने प्रयत्न गर्नु होला । बाहिरी स्रोत जुट्नाले दिन उत्साहजनक रहने छ । प्रतिस्पर्धामा विजयी भइने छ भने द्वेष गर्नेहरूले हार खाने छन् । मिहिनेतले उपलब्धि दिलाउने छ ।
वृष
सन्तान वा अनुयायीको साथले पनि हिम्मत जगाउने छ । अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्ने छ । सहपाठीहरू पछि पर्ने छन् । विगतका कमी कमजोरीलाई सुधार गर्ने मौका छ ।
मिथुन
प्रयत्न गर्दा साथीभाइसँगको असमझदारी सम्झौतामा टुंगिने छ । कृषि तथा पशुपालनबाट सामान्य फाइदा मिल्ने छ । दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम समेत बन्न सक्छ ।
कर्कट
विभिन्न अवसरले सफलताको यश पनि दिलाउन सक्छ । भौतिक साधन जुट्नाले दिगो योजना अघि बढ्नेछ। कामले प्रतिष्ठा दिलाउने छ । नियमित काम बने पनि आफ्नै सहयोगीहरू काममा बाधक बन्न सक्छन् ।
सिंह
बुद्धिको उपयोग तथा सावधानीले समस्याबाट बच्न सकिने छ । आजको श्रमबाट पछिलाई फाइदा हुनेछ । अध्ययनमा प्रगति हुने छ र ज्ञानलाई निखार्न सकिने छ । नीति–नियमलाई समयमै ध्यान दिनु होला ।
कन्या
अरूको भरले मात्र सफलता प्राप्त नहुन सक्छ । केही सहयोगीहरू पनि भेटिने छन् । तर धेरै फल प्राप्त गर्ने आकांक्षाले समस्या निम्त्याउन सक्छ । मिहिनेत गर्दा अध्ययनमा प्रगति हुनेछ।
तुला
फाइदा नगण्य उठे पनि स्वाभिमानको रक्षा गर्न सफल भइने छ । वैदेशिक रोजगारीमा हुनेहरूलाई फाइदा हुनेछ । खर्चिलो काम गर्नु पर्ने हुँदा धेरै रकम जुटाउनु पर्ला ।
वृश्चिक
श्रमको उचित मूल्यांकन हुनेछ भने उठ्नु पर्ने रकम तत्काल हातलागी हुनेछ । सहयोगीहरूको साथले चिताएका काम सम्पादन हुने छन् । प्रतीक्षित नतिजाले जीवनशैलीमा परिवर्तन आउने छ ।
धनु
अवसरवादीहरूले आफ्ना कमजोरीको प्रक्रिया नमिल्नाले काम दोहोर्याउनु पर्ला । अरूका लागि समय, धन र बुद्धि खर्चनु पर्ला । तत्काल फाइदा नहुने काममा अलमल हुनेछ । तापनि पछिका लागि पूर्वाधार तयार गर्न सकिने छ ।
मकर
श्रम गरिकन उचित मूल्य प्राप्त नहुन सक्छ । सहयोगी जुटाउन नसकिएला । अस्वस्थ शरीर लिएर काममा जुट्नु पर्ने समय छ । अवसरका लागि केही त्याग गर्नु पर्ला ।
कुम्भ
बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिने छ । नसोचेको अवसरले जिम्मेवारी दिलाउन सक्छ । टाढिएका साथीभाइ नजिकिने छन् भने मित्रता नै दिगो लाभको संवाहक बन्न सक्छ ।
मीन
हातबाट लक्ष्मी बाहिरिने सम्भावना देखिएकाले कर्जा र उधारो व्यापारमा चनाखो रहनु पर्नेछ । नियमित काममा साबिकजस्तै फाइदा भइरहने छ । अरूका विषयमा चासो लिँदा झमेला आइलाग्न सक्छ ।