‘बलिदान’को ट्रेलर सार्वजनिक : समीर भट्टको दमदार एक्सन

0 Shares

काठमाडौँ । सर्वाधिक प्रतिक्षित नेपाली फिल्म ‘बलिदान’ को ट्रेलर शुक्रबार सार्वजनिक भएको छ । यसअघि पोस्टर, टिजर र गीतबाट दर्शकमाझ चर्चा कमाएको यो फिल्मले ट्रेलर सार्वजनिक भएपछि अझ व्यापक रूपमा ध्यान तानेको छ ।

ट्रेलरमा फिल्मको मुख्य कथावस्तु र पात्रहरूलाई स्पष्ट रूपमा देखाइएको छ। ट्रेलरको सुरुमै अभिनेत्री ऋचा शर्माले आमाको भूमिकामा आफ्नो छोरा ९समीर भट्ट० सँग देशको अस्मिता बचाउने वचन मागेको दृश्य भावनात्मक छ ।

“देशको माटो र यसको अस्मितामाथि कुदृष्टि लगाउने रक्तबीजहरूलाई तैँले संहार गर्नेछस्,” भन्ने उनको संवादले फिल्मको मुख्य विषयवस्तुको सङ्केत गर्छ । त्यसपछि दर्शकले प्रतीक्षा गरेका नायक समीर भट्टको प्रवेश हुन्छ ।

उनको शक्तिशाली संवाद, “मेरो शरीरको एक एक थोपा रगत माग दिन्छु‘तर मेरो आमाको बारेमा केही भनिस् भने काट्दिन्छु”, ले ट्रेलरमा ऊर्जा भर्छ। यो संवादसँगै उनी शक्तिशाली एक्सनमा उत्रन्छन्। उनको तीव्र एक्सन र दर्जनौँ खलनायकसँग एक्लै लडेको दृश्यले दर्शकलाई रोमाञ्चित बनाउँछ।

ट्रेलरमा अर्पण थापा, सौगात मल्ल र हेमन्त बुढाथोकी फरक अवतारमा देखिएका छन्। खासगरी, समीर र सौगात मल्लबीचको द्वन्द्व रोचक देखिएको छ। साथै, सौगात मल्लले आफूलाई राक्षस बन्न बाध्य पारेको संवादले उनको पात्रको जटिलतालाई देखाउँछ।

छायाङ्कन, संवाद र ब्याकग्राउन्ड स्कोर उत्कृष्ट रहेको यो फिल्मलाई नेपाली मात्र नभई अन्तर्राष्ट्रिय स्तरमै पनि प्रतिक्षित मानिएको छ। निर्देशक सन्तोष सेनले ८८’बलिदान’८८लाई केवल फिल्म नभई हरेक नेपालीको मनको विद्रोहको प्रतीक भएको बताइसकेका छन्।

‘आसुसेन फिल्म्स प्रा।लि।’ को ब्यानरमा बनेको यो फिल्ममा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरी लगायतका कलाकारको अभिनय रहेको छ। पवन ब्राडफोर्ड बिस्ट निर्माता र प्रेम पुरी कार्यकारी निर्माता हुन्।

दसैँको फूलपाती अर्थात् असोज १३ गते देशभर प्रदर्शनमा आउने यो फिल्मलाई नेपाली फिल्म इतिहासमा एक साहसी कदमका रूपमा हेरिएको छ।

सम्बन्धित समाचार