0
Shares
काठमाडौं । सरकारले संविधान दिवस सामान्य रुपमा मनाउने भएको छ । गृह मन्त्रालयका उपसचिव रवीन्द्र आचार्यले संविधान दिवस सामान्य रुपमा बनाउने तयारी रहेको जानकारी दिए ।
‘संविधान दिवस सामान्य रुपमा मनाउने तयारी छ’, उनले भने । संविधान दिवस यही असोज ३ गते हो । २०७२ साल असोज ३ गते संविधान जारी भएको थियो । संविधान सभाबाट बनेको संविधान जारी भएको दिनलाई सरकारले उत्सवको रुपमा मनाउँदै आएको छ ।
विगतका वर्षहरूमा गृहमन्त्रालयले संविधान दिवससम्बन्धी सूचना नै निकाल्ने गर्दथ्यो । संविधान दिवस मूल समारोह समिति गठन भएर दिवासको तयारी हुन्थ्यो ।