एनआईसी एशिया बैंकको खुद नाफा ५२.३०% ले घट्यो

0 Shares

काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेडको खुद नाफामा ५२.३० प्रतिशतको गिरावट आएको छ । बैंकले आज सार्वजनिक गरेको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणमा यस्तो देखिएको हो ।

बैंकले समीक्षा अवधिसम्म १ अर्ब ९१ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । समीक्षा अवधिसम्म बैंकले ८ अर्ब १८ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको सोहि अवधिको तुलनामा ९.९५ प्रतिशतले कम हो । अघिल्लो आवको सोहि अवधिसम्म बैंकले ९ अर्ब ९ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

बैंकको खुद सञ्चालन आम्दानी ८ अर्ब १५ करोड रुपैयाँ छ । बैंकले इम्पेयरमेन्ट चार्जका लागि २ अर्ब १४ करोड रुपैयाँ छुटुटाएको छ । कर्मचारीको लागि २ अर्ब ८१ करोड रुपैयाँ खर्च गरेको बैंकको अन्य सञ्चालन खर्च १ अर्ब १२ करोड रुपैयाँ रहेको छ ।

बैंकको रिटेन्ड अर्निङ १ अर्ब ७२ करोड रुपैयाँले ऋणात्मक रहँदा रिजर्भको आकार १७ अर्ब ४५ करोड रुपैयाँबराबर छ । रिजर्भको आकार गत आवको सोहि अवधिकाु तुलनामा २२.१६ प्रतिशतले बढी हो ।

समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) १७.२९ रुपैयाँ,प्रतिसेयर नेटवर्थ २०५.४७ रुपैयाँ,मूल्य आम्दानी अनुपात २२.८५ गुणा,र कुल सम्पत्तिमा प्रतिफल ०.६८ प्रतिशत रहेको छ ।

सम्बन्धित समाचार