कुलमानलाई ऊर्जा-रामेश्वरलाई अर्थ मन्त्रालय, सपथको तयारी हुँदै

0 Shares

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमा आज सोमबार तीन मन्त्रीहरूले सपथ लिने भएका छन् । स्रोतका अनुसार आज अर्थ मन्त्रालयमा रामेश्वर खनाल, गृह मन्त्रालयमा ओमप्रकाश अर्याल र ऊर्जा मन्त्रालयमा कुलमान घिसिङले सपथ लिने भएका हुन् ।

अर्यालले कानुन मन्त्रालयको जिम्मेवारी पनि पाउने भएका छन् । उनी काठमाडौं महानगरका मेयर बालेन शाह (बालेन्द्र)को कानुनी सल्लाहकार हुन् । अर्याल यसअघि विभिन्न रिट निवेदन र सामाजिक आन्दोलनका कारण चर्चामा थिए ।

नवनियुक्त मन्त्रीलाई आज(सोमबार) विहान ११ः३० बजे सपथ खुवाउने तयारी गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । सपथ खाए लगत्तै नयाँ मन्त्रीले आ–आफ्नो कार्यभार सम्हाल्ने बताएको छ ।

घिसिङलाई ऊर्जाका अलवा भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

यता, अर्थमन्त्री बनेका खनालले हालै मात्रै उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको अध्यक्षका रुपमा आर्थिक सुधारसम्बन्धी प्रतिवेदन सरकारलाई बुझाएका छन् । उनी पूर्वसचिव हुन् ।

घिसिङ नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हुन् । उनी केपी शर्मा ओली नेतृत्वको सरकार हुँदा बर्खास्त भएका थिए । उनले संकटको अवस्थामा नेपाललाई लोडसेडिङ मुक्त बनाएका थिए ।

सम्बन्धित समाचार